शनिबार, १५ वैशाख २०८१

विश्वकै पहिलो ट्यांगो स्मार्ट फोन भयो तयार ,चार क्यामेरा भएको लेन्सले खिच्नेछ 3D फोटो

समयपोष्ट २०७३ मंसिर २१ गते ८:२९

संसारकै पहिलो ट्यांगो स्मार्ट फोन Lenovo phab 2 pro बिक्रीको लागि तयार भएको छ । यो स्मार्ट फोन लेनोवोले गुगलसंग मिलेर बनाएको हो । प्रयोगकर्ताहरुले यो स्मार्टफोन वेबसाईट मार्फत खरीद गर्न सक्नेछन् । यसको मुल्य ५०० डलर  तोकिएको छ । भारतिय बजारमा यसको ३३,३०० रुपैयाँ पर्न आउँने बताईएको छ । यो स्मार्टफोनको विशेषता भनेकोनै यसमा जडित चार क्यामेरा हो । जसमा तिन रियर र एक फ्रण्टमा दिइएको छ । यसबाट प्रयोगकर्ताहरुले 3D इमेज क्लिक गर्न सक्नेछन् । 

Advertisement

के हो त ट्यांगो प्रोजेक्ट ?
प्रोजेक्ट ट्यांगो एउटा यस्तो प्रविधिसंग आधारित छ जसले केही सेन्सर्सको मद्तबाट स्मार्टफोनको आसपासको वातवरणलाई ध्यानमा राखी फोनको लागि विशेष जानकारी उपलब्ध गराउँदछ । त्यसपछि फोनमा उक्त ठाउँको 3D इमेज तयार हुन्छ । यस प्रोजेक्टको जन ली ले लिड गरिरहेका छन् । ट्यांगोलाई गुगलको एडभान्स टेक्नोलोजि एण्ड प्रोजेक्ट ग्रुपले बनाएको हो । 

यसरी बन्नेछ ३ क्यामेराबाट 3D इमेज :
यो स्मार्ट फोनमा 3D मेशिन भिजन टेक्नोलोजि राखिएको छ । फोनको क्यामेरामा ३ ओटा भर्टिकल लेन्स दिएको छ जसले क्यामेरालाई  कर्लर र डेप्थ इन्फर्मेशन प्रवाह गर्ने काम गर्दछ । त्यस्तै एक फिशी लेन्स पनि राखिएको छ जसको काम फोटोमा वाईड एंगल दिनु हो । यसरी यो स्मार्ट फोनबाट कुनै पनि फोटो खिच्दा त्यो पिक्चर 3D इफेक्टस्को साथ तयार हुनेछ । 

स्मार्टफोनको लागि विशेष छ ट्यांगो एप्स :
यो स्मार्टफोनको लागि गुगलले २२ टयांगो एप्स तयार पारेको छ । यि सबै गुगल प्ले स्टोरमा रहेका छन् । अहिले यसले सिर्फ  Lenovo phab 2 pro मा मात्र  काम गर्नेछ । यसमा युटिलिटी र गेम एप्स पनि रहेको छ । यसको मतलब  Lenovo phab 2 pro को खरीद गर्दा ग्रहाकहरुले यि एप्सको पनि मजा लिन सक्नेछन् ।  


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री