शुक्रबार, ७ वैशाख २०८१

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन गठन, अध्यक्षमा दीपक मल्होत्रा

समयपोष्ट २०७३ मंसिर २० गते ४:२१

मोबाइल फोन आयातकर्ताले आफ्नो छाता संगठनको रुपमा मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपिआइए) गठन गरेका छन । उनिहरुले आफ्नो हक हितको लागि मोवाइल फोन आयात गर्नेहरुको छाता संगठन गठन गरेका हुन् ।

Advertisement

संगठनको अध्यक्षमा दीपक मल्होत्रा चयन भएका छन्। उनी सामसङ मोबाइलको नेपालको आधिकारिक बिक्रेता आइएमएसका चेयरम्यान हुन्। एसोसिएसनको उपाध्यक्षमा टेलिटकका सञ्जय अग्रवाल, महासचिवमा लाइभ कमका अमित अग्रवाल र कोषाध्यक्षमा सिजी मोवाइलका रमेशवहादुर श्रेष्ठ चयन भएका छन्।
संगठनको कार्यकारी सदस्यमा कल मोबिलिटीका पुल्कित भिमसरिया, हिम इलेक्टोनिक्सका प्रभाकर समशेर राणा, अम्बे मोवाइलका शोभाकर न्यौपाने, बत्सल इम्पेक्सका बिनितकुमार शारडा र पशुपति टेड लिंकका शिरिषकुमार मुरारका रहेका छन ।

mmmसाधारण सदस्यमा जेनेरेसन नेक्स्ट कम्युनिकेशनका पवनकुमार भिमसरिया, एलिड टेड लिंक इन्टरनेशनलका मनिषप्रसाद राजभण्डारी, पारमाउन्ट इलेक्टोनिक्सका विशाल अग्रवाल, स्टारक टेक कम्पनीका शौरभ ज्योति, नेपा हिम टेडका राजेश तुलाधर, टेलिसेलका सुनिलकुमार अग्रवाल, इभाल्सन इन्टरप्राइजेजका भेन्कटेश मुन्डारा, र इन्टिग्रटेड मोबिलिटी सोलुसनका बिकास गाडिया रहेका छन । 
संगठन सार्वजनिक कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष दिपक मलहोत्राले मोवाइल व्यवसायको हक अधिकारको लागि संगठन खोल्नुपरेको बताए । ‘यो व्यवसायलाई अगाडी लैजान धेरै चुनौति रहेका छन’ मलहोत्राले भने ‘यो संगठनको अध्यक्ष भएर व्यवसायलाई सफलतापूर्वक लैजान्छु भन्ने बिश्वास लिएको छु ।’चार बर्षको प्रयासपछि यो संगठन बन्न सफल भएको उनले जानरकारी दिए । 

ass
 मुलुकभित्र अहिले २५ अर्ब रुपैयाँ बराबरको मोबाइलको कारोबार हुने गरेको छ । नेपालमा हाल ४० वटा ब्राण्डका मोबाइल आयात भइरहेको एसोसिएसनले जनाएको छ। एशोसिएसनमा २२ बटा ब्राण्डका मोबाइल आयातकर्ता समेटिएका हुन। अवैध रुपमा आएको मोबाइलले राजस्व प्रभावित भएको जनाउँदै एशोसिएसनले नेपाल दूरसञ्चार प्राधिकरण लगायत निकायलाई सघाउने जनाएको छ।मोबाइल व्यवसायले ३२ सय जनालर्इ प्रत्यक्ष र ६० हजार जनालार्इ अप्रत्यक्ष रोजगारी दिएको एशोसिएसनले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री