शुक्रबार, ७ वैशाख २०८१

महालक्ष्मी विकास बैंकले बोनस सेयर दिने 

समयपोष्ट २०७३ मंसिर १६ गते ६:४१

महालक्ष्मी विकास बैंकले आफ्ना लगानीकर्ताहरुलाई लाभांश दिने भएको छ ।

Advertisement

मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स गाभिएर बनेको उक्त बैंकले गत बर्षको नाफाबाट लगानीकर्ताहरुलाई  ८ प्रतिशत लाभांश दिने भएको हो।

बुधबार बसेको बैंक सञ्चालक समिति वैठकले लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले तत्कालिन मालिका विकास बैंकको नाफाबाट यो लाभांश घोषणा गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउँनेछन् । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री