मञ्जुश्री फाइनान्सको साधारणसभा आह्रवान
समयपोष्ट
२०८० पुष ४ गते ११:१८

मञ्जुश्री फाइनान्सले १६औँ वार्षिक साधारणसभा आह्रवान गरेको छ ।
लाभांश वितरणको प्रस्ताव राखेर फाइनान्सले पुस २५ गते थापागाँउ व्याङ्वेटमा सभा आह्रवान गरेको हो।
सभामा कम्पनीले गत आर्थिक वर्षका कमाइबाट शेयरधनीलाई चुक्ता पूँजीको ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने छ। हाल फाइनान्सको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ छ
यस्तै सभामा मर्जरमा जाने विशेष प्रस्ताव समेत लैजादै छ। सभाले मर्जर तथा प्राप्ति र बैदेशिक रणनितिक साझेदारीमा जान गर्नुपर्ने सम्पुर्ण कामको लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ।




























प्रतिक्रिया