आइतबार, ६ जेठ २०८१

दोहोरिदै पल शाहविरुद्धको मुद्धा

समयपोष्ट २०८० मंसिर ३० गते ११:३८


सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहो¥याएर सुनुवाइ गर्न अनुमति दिएको छ ।

Advertisement

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहो¥याएर हेर्ने अनुमति प्रदान गरेको हो ।

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहो¥याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो ।

पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले २०७९ फागुन ४ मा सुनाएको फैसलामा प्रमाणहरुको समूचित मूल्याङ्कन नगरिएको सर्वोच्चको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री