दाङ्गमा सलिकोको दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम
सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि. (सलिको) ले दाङ्ग जिल्लाको तुल्सिपुर उपमहानगरपालिकाको सभाहलमा सवारी दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
बिहीबार सलिको र ईलाका प्रहरी कार्यालय तुल्सिपुर/ट्राफिक प्रहरी कार्यालय तुल्सिपुरको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा तुल्सिपुर उपमहानगरपालिकाका उप प्रमुख स्यानी चौधरी, ई.प्र.का तुल्सिपुर प्रमुख ठाकुर प्रसाद पोखरेल तथा जिल्ला स्थित बिभिन्न अटो प्रा.लि.का अध्यक्षहरु, सवारी चालक, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सवारी दूर्घटना न्यूनिकरण सम्बन्धमा ट्राफिक प्रहरी कार्यालय तुल्सिपुर प्रमुख ईश्वरी देवकोटाले प्रकाश पर्नु भएको थियो भने बीमा सचेतना सम्बन्धमा सलिकोका तुल्सिपुर शाखा प्रमुख तुफान सापकोटाले प्रकाश पर्नु भएको थियो ।
त्यसैगरी, यस प्रकारका कार्यक्रमलाई जिल्लाका विभिन्न स्थानमा संचालन गरिने जानकारी समेत गराईएको थियो । साथै कार्यक्रममा सहभागिहरुले दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम संचालन गरेकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
प्रतिक्रिया