आइतबार, २२ असार २०८२

हिमालयन रिको आईपीओ बाँडफाँट

समयपोष्ट २०८० मंसिर २४ गते ११:०५

Advertisement

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँट भएको छ ।

कम्पनीले आइतबार बिहान श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल ३२ हजार ६४ जनाले आवेदन दिएका थिए । जस मध्ये ८ जनाको आवेदन रद्द भएको छ । योग्य कायम भएका ३२ हजार ५६ जना आवेदकलाई शेयर बाँडफाँड गरिएको छ । लगानीकर्ताले १८० कित्तासम्म शेयर पाएका छन् ।

Advertisement

क्यापिटलका अनुसार १० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् । १८० कित्ता देखि १९ हजार ५ सय कित्तासम्मको लागि आवेदन दिनेले पनि समान १७० कित्ता शेयर पाएका छन् । १८० कित्ता देखि १९ हजार ५ सय कित्तासम्मको लागि आवेदन दिने ६ हजार ९ सय ३४ जना आवेदन मध्येबाट गोलाप्रथा गरि २ हजार ६ सय ५१ जनाले थप १० कित्ता शेयर पाएका छन् । यसरी २ हजार ६ सय ५१ जनाले १८० कितात शेयर पाएका छन् ।

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री