आइतबार, १३ फागुन २०८०

कबाडी गोदाममा आगलागी, दुई जनाको मृत्यु

समयपोष्ट २०८० मंसिर २० गते १९:२५

Advertisement

विराटनगर–७ स्थित सातघुम्तीमा रहेको कबाडी गोदाममा आज २ः१५ बजे आगलागी हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा कबाडी धनी विराटनगर–६ निवासी ४० वर्षीय दीपक मण्डल र प्रारम्भिकरूपमा पहिचान नखुलेका जलेको अवस्थामा एउटा शव घटनास्थलमा भेटिएको छ ।

विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान र सोही स्थान बस्ने ६० वर्षीया रिता सदरदार गम्भीर घाइते भएका छिन् । विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका ३० वर्षीया पिङ्की कामत सामान्य घाइते भएका छन् ।

विराटनगरकासहित छ वटा बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनसमुदायको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । घाइतेहरुको न्यूरो अस्पताल र कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आगलागीका कारण एवं क्षति विवरण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री