आइतबार, २२ असार २०८२

यस्तो छ एनसेलले शेयर खरिद बिक्रीबारे प्राधिकरणलाई पठाएको पत्र

समयपोष्ट २०८० मंसिर २० गते १५:१६

Advertisement

एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई बुधवार जवाफी पत्र पठाएको छ । जवाफमा आजियाटाले शेयर खरिद बिक्री सम्झौतामा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

पत्रमा कम्पनीको सेयर धनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिद विक्री गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडका बिच शेयर खरिद विक्री सम्झौता भएकोले त्यहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिद कागजातहरू सङ्कलन हुनासाथ तत्काल सो कागजातहरू संलग्न गरी प्राधिकरण समक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने जनाएको छ ।

बिक्रीका लागि भएको द्विपक्षीय सम्झौता समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरूबाट सङ्कलनको क्रममा रहेको कम्पनीले जनाएको छ । एनसेल आजियाटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकोले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरूक र कटिबद्ध रहेको जनाएको छ ।

प्रमुख कानुन तथा नियामक मामिला अधिकृत विशाल मणि उपाध्यायले पत्रमा भनेका छन्, ‘पत्रमा उल्लिखित नियमावली र विनियमावलीका प्रावधानहरूको पूर्ण परिपालना गर्न सदा झैँ एनसेल आजियाटा लिमिटेड प्रतिबद्ध रहेको ब्यहोरा सादर निवेदन गर्दै नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री विनियमावली, २०७६ को विनियम ५ मा उल्लिखित कागजातहरू सङ्कलन हुनासाथ तत्काल सो कागजातहरू संलग्न गरी दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम त्यहाँ प्राधिकरण समक्ष सेयर खरिद विक्री स्वीकृतिका लागि निवेदन पेस गरिने ब्यहोरासमेत सादर अवगत गराउन चाहन्छौँ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री