बिहीबार, १ साउन २०८२

प्रभु बैंक ‘बैंक अफ द इयर’ अवार्डबाट लण्डनमा सम्मानित

समयपोष्ट २०८० मंसिर १५ गते ८:२९

Advertisement

प्रभु बैंक लण्डनमा सन् २०२३ को ‘बैंक अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मानित गरेको हो ।

बिहीबार बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले लण्डनमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड ग्रहण गरेका छन्।

प्रभु बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर गरेको बैंकिङको सराहना गर्दै सो अवार्डबाट सम्मानित गरिएको हो ।

Advertisement

अवार्ड ग्रहण पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त अवार्डले प्रभु बैंकले दिने सेवा प्रवाह विस्तारमा थप सहयोग पुग्ने बताए। उनले यसलाई नेपालको बैंकिङ क्षेत्रकै सफलताका रुपमा व्याख्या गरे।

यस्तै, अध्यक्ष सिटौलाले यो अवार्डले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए ।

‘वर्तमान र्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हौसला प्रदान गरेको छ। हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्नेछ,’ उनले भने।

पत्रिकाले यो वर्ष १५० भन्दा बढी मुलुकका बैंकलाई अवार्ड दिएको छ। हरेक देशका वाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेबसाइटमा उल्लेख छ। पत्रिकाले २४ वर्षदेखि यस्तो अवार्ड वितरण गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री