आइतबार, २३ वैशाख २०८१

गरिमा विकास बैंकद्धारा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ पुष १५ गते १२:४५

Advertisement

गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका संचालक तथा कर्मचारीहरु गरि ११० जना भन्दा बढिको उपस्थितीमा काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एंटि मनी लण्डरिङ (गो एएमएल), सम्पती शुद्धिकरण लगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण दिइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितीको बारेमा भनाई राख्नु भएको थियो ।

हाल, गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रे लगायत विभिन्न शाखाहरुबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आईरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री