शनिबार, १५ वैशाख २०८१

पुस ७ गतेदेखि सूर्या र ज्योति लाइफको एकिकृत कारोबार

समयपोष्ट २०७९ पुष ५ गते १२:५१

Advertisement

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुरु गर्ने भएका छन् ।

डाटा माइग्रेसन तथा सिस्टम इन्ट्रिग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनको लागि विहान ६ गतेदेखि सम्पुर्ण सेवा समेत अवरुद्ध हुने कम्पनीले जनाएको छ ।

सूर्या र ज्योति लाइफ इन्स्योरेन्सबीच गत असार १२ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो ।

सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको ०.८२४५ कित्ता अनुपातमा मर्जर भएको छ ।

दुबै कम्पनी गाभिए पश्चात बनेको नयाँ कम्पनीको रजिष्टार्ड कार्यालय विराटनगर महानगरपालिका वडा नं. ७, विराटनगर, मोरङ्ग, प्रदेश नं. १ मा रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री