शनिबार, १५ वैशाख २०८१

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्याल नियुक्त

समयपोष्ट २०७९ पुष १ गते १४:५८

Advertisement

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् ।

नेपाल सरकार (अर्थमन्त्रीस्तर) को मंसिर १९ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने संचालक सदस्य अर्याललाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अर्थमन्त्रालयका सहसचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख समेत हुन् ।

निवर्तमान अध्यक्ष डा. रविन्द्र घिमिरेलाई अर्थ मन्त्रालय र नेपाल बीमा प्राधिकरणले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकास गर्न दवाद दिदै आएको थियो । अध्यक्ष घिमिरेले कम्पनीलाई असर पर्ने गरी आफ्नो दायित्वमा नपर्ने रकम भुक्तानी नगर्ने निर्णय गरेपछि दवावमा राजिनाम दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री