शनिबार, १५ वैशाख २०८१

शिखर इनस्योरेन्सको लाभांश घोषणा

समयपोष्ट २०७९ पुष १ गते ११:२३

Advertisement

शिखर इनस्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैठकले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत नगद गरि कुल १६.८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आ.व. २०७८।७९ सम्मको वितरणयोग्य नाफा, जगेडा तथा कोष रकमबाट नेपाल बीमा प्राधिकरणको स्विकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् वितरण गर्ने गरी हाल कायम चुक्ता पुँजी रु.२,२८६,०८१,२०० मा बोनस शेयर बापत १६ प्रतिशत (रु.३६५,७७२,९९२) र कर प्रयोजनको लागि नगद लाभांस बापत ०.८४२१ प्रतिशत ( रु.१९,२५१,०९०) गरी कुल १६.८४२१ प्रतिशत (रु.३८५,०२४,०८२) लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री