शनिबार, १५ वैशाख २०८१

रिलायन्स लाइफको शेयर कारोबार फुकुवा

समयपोष्ट २०७९ मंसिर २९ गते ९:३६


रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ ।

Advertisement

नेपाल स्टक एक्सचेन्ज नेप्सेले बुधबार कम्पनीको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्ने निर्णय गरेको हो ।

यससँगै आजबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम दुवै कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।

यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका दर्जन बढी कम्पनीको कारोबार फुकुवा भईसकेको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स बीच मर्जर सम्झौता भएपछि कम्पनीको कारोबार रोक्का रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री