शनिबार, १५ वैशाख २०८१

वार्षिकोत्सवको अवसरमा प्रभु लाइफद्धारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग प्रदान

समयपोष्ट २०७९ मंसिर २८ गते १८:२८

Advertisement

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आठौँ वार्षिकोत्सवको अवसरमा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गरि नेपालका ७७ जिल्लाका कूल ८४ विद्यालय संचालन गरिरहेको गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।

कम्पनीले समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटी गुठीका कार्यकारी निर्देशक दिपक संजेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील) , शिक्षक शिक्षिका, विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

गत वर्ष पनि कम्पनीले यसै गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई रु. पाँच लाख रकम सहयोग प्रदान गरेको थियो ।

यस गुठीले संचालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक रु.१००) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए ।

न्यून आय भएका अभिभावकका बालबालिकालाई अति न्यून रकममा गुणस्तरिय शिक्षा प्रदान गर्न समता शैक्षिक गुठीले गरेको कार्यलाई सबै क्षेत्रबाट साथ सहयोगको आवश्यकता रहेको गुठी संचालक सदस्य दिपक संजेलले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री