बुधबार, २ जेठ २०८१

भिभोद्वारा बसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रम आयोजना

समयपोष्ट २०७९ मंसिर २७ गते १९:३०

 

Advertisement

भिभोले आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकहरुको हितका लागि काम गर्दै आइरहेको छ ।

समुदायप्रति कम्पनीको प्रतिबद्धता जनाउँदै भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा सोमबारबसन्तपुर दरबार स्क्वायरमा रक्तदान शिविरको आयोजना गरेको थियो ।

उक्त रक्तदान शिविरमा भिभोका कर्मचारीहरु, भिभो फ्यान, ग्राहकहरु लगायतको उत्साहजनक सहभागी रहेको थियो । यस कार्यक्रममार्फत, भिभोले रक्तदान एक महान कार्य हो र रक्तदान गरेर जीवन बचाउँ भनेर प्रोत्साहित तथा चेतना फैलाउने प्रयास गरेको हो ।

Advertisement

यस शिविरमा ५० भन्दा बढी व्यक्तिहरूको सहभागीता रहेको थियो जहाँ भिभोका कर्मचारीहरू रक्तदाता एवं स्वयंसेवकका रुपमा सहभागी थिए । कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा शिविरको संयोजन लायन्स क्लब अफ भक्तपुर नमस्तेले गरेको थियो ।

यो कार्यक्रम काठमाडौं शहरको मुटुमा अवस्थित सांस्कृतिक महत्व बोकेको बसन्तपुत दरबार स्क्वायरमा आयोजना भएको थियो । यसबाहेक, रक्तदानले दुर्घटनाका घाइतेहरु, गम्भीर रोगका बिरामीहरू लगायतलाई उनीहरूको चिकित्सा उपचारको विभिन्न चरणहरूमा जीवन बचाउन सहयोग पुर्याउनुका साथै रक्तदाताहरूका लागि पनि फाइदाजनक छ किनभने यसले रक्तचाप कम गर्छ र हृदयघातको जोखिम पनि कम गर्दछ ।

भिभो नेपालका सिइओ माइकलले भन्नुभयो, “एक विश्वव्यापी र सामाजिक रूपमा जिम्मेवार ब्रान्डको रूपमा, हामी समुदायका लागि यो शिविर आयोजना गर्न पाउँदा गर्व गर्छौं । हाम्रो लक्ष्य भनेको मानिसहरूलाई सकारात्मक रूपमा लाभान्वित र सशक्तिकरण गर्ने गतिविधिहरूमा भाग लिने र सहजीकरण गर्ने हो । हाम्रा साझेदार लायन्स क्लब अफ भक्तपुर र कान्तिपुर ब्लड बैंकप्रति तथा यस कार्यक्रममा सहभागी हुन सम्पूर्ण व्यक्तिहरुप्रति आभारी छौं । हामीलाई धेरै वर्षदेखि निरन्तर समर्थन र माया गरिरहने समुदायका लागि सहयोग गर्न पाउँदा हामी निकै खुशी छौं ।”

रक्तदान आपतकालीन अवस्थामा खाँचोमा परेकाहरूको लागि महत्तवपूर्ण जीवन रेखा हो । एउटै रक्तदानले तीन जनासम्म मद्दत गर्न सक्ने अनुमान गरिएको छ । यसबाहेक, रक्तदानले रक्तदाताहरुका लागि विभिन्न स्वास्थ्य लाभहरूः हृदयघात कम गर्न, अन्य मुटु सम्बन्धी रोगहरुको जोखिम कम गर्दछ । त्यसकारण मानवजातिको जीवन बचाउनको लागि यस्ता पहललाई प्रोत्साहित गरौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री