बिहीबार, १५ चैत २०८०

दोलखा प्रदेशसभा २ मा एमालेका केसी निर्वाचित

समयपोष्ट २०७९ मंसिर १८ गते १६:३४

Advertisement

दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभामा निर्वाचित केसीले यसअघि भीमेश्वर नगरपालिकाका प्रमुख हुनुहुन्थ्यो ।

उहाँका प्रतिस्पर्धी लामा नेपाली कांग्रेस दोलखाका सभापतिले निर्वाचनको नजिता आइसकेपछि केसीलाई बधाई दिनुभएको थियो । यसअघि २०७४ सालको चुनावमा नेकपा (माओवादी केन्द्र)का विशाल खड्कासँग लामा प्रदेशसभा सदस्यमा पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री