शनिबार, १५ वैशाख २०८१

नेशनल लाईफ इन्स्योरेन्सको ३४ औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

समयपोष्ट २०७९ मंसिर १८ गते १६:२३

Advertisement

नेशनल लाईफ इन्स्योरेन्स कं. लिले लाभांश प्रस्ताव पारित गरेको छ ।

कम्पनीको आइतबार सम्पन्न ३४ औँ वार्षिक साधारण सभाले आ.व. २०७७/०७८ को लागि चुक्ता पूँजीको १५ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,१८,५६,५१२र( नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

नियामक निकायले यहि २०७९ साल चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको पारित भएको वोनस शेयर लाभांशवाट कम्पनीको चुक्ता पूँजी रु.४,६४,०४,३१,८७५ पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीले आ.व.२०७७/०७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको जनाएको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ ।

जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई रु.४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ.व.२०७७/०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ ।

कम्पनीको साधारण सभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो ।

सभामा सिंहले विगतमा कोभिड १९ को महामारी सबैको लागि चिन्ताको विषय भए पनि हाल आएर कोभिड १९ विरुद्धको विस्तृत खोप एव घट्दो महामारीको प्रकोपको कारणले अर्थतन्त्र सुधारको अवस्थामा पुगी राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशा तर्फ गएको बताउनु भयो ।

नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आ.व.२०७७/०७८ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा गर्नु भयो ।

लामो समय पश्चात बीमा ऐन २०७९ लागू भएकोमा अध्यक्षले खुशी ब्यक्त गर्दै यसवाट नियामक निकायलाई बीमा क्षेत्र थप नियमन गर्न सहज हुने र बीमा क्षेत्र थप ब्यवस्थित भई बीमाको पहुँचमा अझ बृद्धि हुने विश्वास ब्यक्त गर्नु भयो ।

यससंगै कम्पनीले नेपालगंज स्थित आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु गरेको छ । कम्पनीको अन्य शाखाहरुमा पनि यो प्रक्रृया शुरु गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्नेकार्यमा निरन्तर लगानी गर्नेछ ।

यसै गरी कम्पनीको आ.व.२०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त फ्युचर बोनस प्रोभिजनिंग गरेर बीमितहरुलाई दिइ आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैर सरकारी संस्था एक एक पाईलालाई सिन्धुपाल्चोक जिल्लामा सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न ३ वर्षको लागि वित्तिय सहयोग उपलब्ध गराउन समझदारी गरेको छ ।

सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री