बुधबार, ११ जेठ २०७९

नेप्सेमा चिलिमे हाइड्रोपावरसहित पाँच कम्पनीको शेयरमूल्य समायोजन

समयपोष्ट २०७८ पुष १५ गते ११:१५

Advertisement

नेपाल स्टक एक्सचेञ्जमा चिलिमे हाइड्रोपावरसहित पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

बिहीबार नेप्सेमा चिलिमे हाइड्रोपावरसहित मञ्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, समिट माइक्रोफाइनान्स र इन्फिनिटी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले आज चिलिमे हाइड्रोपावरको ७.५० प्रतिशत, मञ्जुश्री फाइनान्सको ४० प्रतिशत, एनआरएनको ५ प्रतिशत, समिट लघुवित्तको २५.२८ प्रतिशत र इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपश्चात मञ्जुश्री फाइनान्सको शेयरमूल्य ६७० रुपैयाँ ७१ पैसा, एनआरएनको ५११ रुपैयाँ ४३ पैसा, समिट लघुवित्तको १ हजार १६५ रुपैयाँ ३४ पैसा, इन्फिनिटी लघुवित्तको १ हजार ३०७ रुपैयाँ ७५ पैसा र चिलिमे हाइड्रोपावर ४६७ रुपैयाँ ८१ पैसा कायम भएको छ।

Advertisement

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार मञ्जुश्री फाइनान्सको शेयर प्रतिकित्ता ९३९ रुपैयाँ, एनआरएनको ५३७ रुपैयाँ, समिट लघुवित्तको १ हजार ४६० रुपैयाँ, इन्फिनिटी लघुवित्तको १ हजार ६७० रुपैयाँ र चिलिमे हाइड्रोपावरको ५०२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर पुस १८ गते आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री