शनिबार, २२ वैशाख २०८१

डिजिटल सिटिजन अभियान अन्तर्गत सिटिजन लाइफद्धारा डिजिटल बीमालेख जारी

समयपोष्ट २०७८ पुष १४ गते १६:४५

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्सले आजका ग्राहकको आवश्कयता सम्बोधन गर्ने अभिप्रायले अघि बढाएको डिजिटल सिटिजन अभियान अन्तर्गत डिजिटल अर्थात् अभौतिक बीमालेख जारी गरेको छ।

यससंगै सिटिजन लाइफले नेपालमा यस्तो अभौतिक बीमालेख जारी गर्ने पहिलो बीमा कम्पनी बनेको दाबी गरेको छ ।

यसले ग्राहकलाई सरल र सुलभ सेवा पुर्‍याउन नवीनतम योजनाहरु ल्याउने कम्पनीको उद्देश्यलाई सम्बोधन गर्न मद्दत पुग्ने कम्पनीको विश्वास छ।

अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुल्ला गरिदिएको छ। सोपछि अभौतिक बीमालेख सञ्चालन गर्ने सिटिजन लाइफ पहिलो बीमा कम्पनी हो ।

Advertisement

यो बीमालेख सेवाले कम्पनीको दक्षता बढाउनुका साथै, समयको बचत गराउने र कम्पनी तथा ग्राहक दुवैका लागि सहज वातावरण सिर्जना गर्ने कम्पनीको भनाइ छ।

‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत सिटिजन लाइफले अनलाइनबाटै बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत दुई वर्षदेखि सञ्चालनमा ल्याएको छ। यसका साथै अनलाइनबाटै दाबी प्रक्रिया पनि अगाडि बढाउन सकिने जनाइएको छ।

यस्तै, यस अभियानअन्तर्गत कम्पनीले ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालयसम्म धाउनुपर्ने अवस्थालाई सहज बनाउँदै समयको बचत र ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जान आगामी दिनमा पनि थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए।

कम्पनीले ग्राहकको सुविधाका लागि अहिले इसेवा, फोनपे, कनेक्ट आईपीएस लगायतका डिजिटल बैकिङ प्लाटफर्ममार्फत कुनैपनि स्थानबाट भुक्तानी गर्न सक्ने सेवा संचालनमा ल्याएको छ। यसका साथै ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोबार तथा विवरण आफैंले हेर्न मिल्ने पोर्टल समेत संचालनमा ल्याएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री