शुक्रबार, २१ वैशाख २०८१

सन नेपाल लाइफ एनपीआईमा आबद्ध

समयपोष्ट २०७८ पुष १३ गते ११:३५

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा गर्न नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) मा आबद्ध भएको छ ।

नेपाल क्लियरिङ्ग हाउस र कम्पनीबीचको सम्झौता पछि सन लाईफ एनपीआईमा आबद्ध भएको हो ।

सम्झौता पत्रमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालर क्लियरिङका तर्फाबट प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्र्तगत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोड्ने छ ।

Advertisement

उक्त प्रणाली मार्फत सन नेपाल लाइफले आफ्नो बीमा लेखको भुक्तानी, दाबी भुक्तानी, कमिसन, तलब, भेण्डर भुक्तानी लगायतका भुक्तानी गर्नेछ । यसले लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्था अन्त्य हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री