शुक्रबार, १६ चैत २०८०

५० हजार वर्षअघि पनि सामाजिक सञ्जाल भएको खुलासा

सीएनएन २०७८ पुष १० गते ७:४२

Advertisement

अफ्रिकामा ५० हजार वर्षअघि पनि सामाजिक सञ्जाल भएको खुलेको छ। करिब दशक लामो एक अध्ययनले ५० हजार वर्षअघि पनि सामाजिक सञ्जाल भएको खुलाएको हो।

वर्तमान सामाजिक सञ्जालमाध्यम फेसबुक, ट्वीटर, टिकटक, युट्युब आदि आउनुभन्दा करिब ५० हजार वर्षअघिका मानव जातिले अन्य माध्यमबाट सामाजिक सञ्जाल कायम राख्ने गरेको पाइएको हो।

पुरातत्वविद्हरुले करिब ५० हजार वर्षअघिका करिब १५ सयवटा मोती फेला पारेका छन्। अष्ट्रिचको अण्डाको बाह्य भागबाट बनेका डोनट आकारका ती मोतीमार्फत् सो समयका मानवजातिले सामाजिक सञ्जालको रुपमा प्रयोग गरेको हुन सक्ने पुरातत्वविद्हरुले बताएका छन्।

‘त्यसबेलाका मानिसले एकअर्कासँग बातचित गर्दा सांकेतिकरुपमा सन्देश पठाउने गर्थे। मोतीबाट बनेका ती सामग्रीलाई उनीहरुले सांकेतिक सन्देशको माध्यमको रुपमा प्रयोग गर्थे। त्यस्तैखाले गोलाकारको वस्तुलाई हामीले अचेल औँठीको रुपमा प्रयोग गर्छौ,’ जर्मनस्थित पुरातत्व विभागकी अन्वेषक जेनिफर मिलरले सीएनएनसँग भनेकी छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री