यसकारण प्रियंका चोपडाले हटाएकी रहिछन् जोनस थर

बलिउड अभिनेत्री प्रियंका चोपडाले केही समयअघि जोनस थर हटाएपछि सामाजिक सञ्चालमा निक जोनसको सम्बन्धलाई लिएर निकै चर्चा भयो । यी दुईबिच सम्बन्ध सुमधुर नभएको साथै डिभोर्सको चर्चा समेत चल्यो ।

Advertisement

सामाजिक मिडिया प्रयोगकर्ताले प्रियंकालाई ट्रोल गर्नसमेत छाडेनन् । यद्यपि, पछि प्रियंकाकी आमा मधुु चोपडाले यसमा प्रतिक्रिया दिँदै यसलाई नचाहिँदो हल्ला मात्रै भएको बताइन् ।

‘द म्याट्रिक्स रिसरेक्सन्स’को प्रवद्र्धनको समयमा अभिनेत्रीले आफ्नो मौनता तोड्दै टाइम्स अफ इन्डियासँगको कुराकारनीमा जोनस थर हटाउनुको कारण बताइन् । उनी इन्स्टाग्राम र ट्वीटरमा एउटै युजरनेम राख्न चाहन्थिन् । त्यसैले उनले दुबै ह्यान्डिलबाट जोनस थर हटाएको कुराकानीमा बताएकी छिन् । प्रियंकाले भनिन्,‘ यस्तो सानो कुरालाई पनि यत्ति ठूलो बनाएर मानिसहरुले चर्चा गरिरहेको हेर्न मलाई मजा आइरहेको थियो । यो त सोशल मीडिया हो यार, चिल हुनुहोस् । ’

पहिले बलिउड स्टार मात्रै रहेकी प्रियंका चोपडा २०१८ को डिसेम्बर १ मा अमेरिकी गायक निक जोनससँग विवाह बन्धनमा बाँधिएकी थिइन् । विवाहपछि प्रियंका श्रीमानसँग लस एन्जलस अमेरिकामा बस्दै आएकी छिन् । तर हाल उनी सोशल मीडियामा व्यापक सक्रिय छिन् । सोशल मीडिया माध्यमका कारण पनि उनी धेरैजसो समाचार बन्ने गरेकी छिन् । सुरुमा उनी आफ्नो आउँदो हलिउड फिल्म ‘द म्याट्रिक्स रिसरेक्सन्स’ का कारण समाचारमा छाएकी थिइन् भने हाल उनी यो फिल्मको प्रवद्र्धनमा व्यस्त छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री