शुक्रबार, २१ वैशाख २०८१

आई एम ई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न

समयपोष्ट २०७८ पुष ५ गते १७:४६

Advertisement

आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ शनिबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ ।

“Hand in Hand for an Excellent Future” नारा सहित सम्पन्न भएको उक्त कार्यक्रममा देशभरी रहेका २४,५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७र०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आई एम ई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ MDRT मा योग्य अभिकर्ता, अभिकर्ता , विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरु र कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ३०० भन्दा बढि अभिकर्ताको सक्रिय उपस्थिती थियो । आईएमई ग्रुपका म्यानेजिंग डाइरेक्टर श्री हेम राज ढकाल, कम्पनीका अध्यक्ष डा. राम हरि अर्याल र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितीमा कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । कार्यक्रममा ब्राण्ड एम्बासेडर मनीषा कोइरालाको उपस्थिती थियो । उहाँहरुले यस्ता कार्यक्रमले आई एम ई लाइफका अभिकर्ताहरुलाई यस क्षेत्रमा क्रियाशील रहन अझ प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित अभिकर्ताहरुलाई प्रेरित गर्नुभयो ।

आई एम ई लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अन्र्तराष्ट्रिय ट्रेनरद्वारा MDRTलाई केन्द्रबिन्दु बनाई प्रशिक्षण दिइएको थियो ।

Advertisement

आई एम ई लाइफ इन्श्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आई एम ई लाइफ इन्श्योरेन्स कम्पनी सदैव तयार रहेको बताउँदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताउनुभयो । कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताउनुभयो । उहाँले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै उपस्थित अभिकर्तालाई प्रेरित गर्नुभयो । त्यस्तै कम्पनीका अध्यक्ष डा राम हरि अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेशा भएको र राष्ट्रको लागि योगदान पु¥याएको बताउनु भयो । समापनको अवसरमा संचालक अश्विीनी कुमार ठाकुरले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबै प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री