शनिबार, ५ जेठ २०८१

आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास

समयपोष्ट २०७८ मंसिर २४ गते १४:००

Advertisement

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नयाँ बन्ने भवनको शिलान्याश गरिएको छ ।

शुक्रबार का.म.न.पा. वडा नं. ३ पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले शिल्यान्याश गरेका हुन् ।

उक्त शिलान्याश समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सम्पूर्ण संचालकहरु, संस्थापक शेयरधनीहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो ।

Advertisement

शिलान्यासको शुभ साहितको समयमा बीमा समितिका अध्यक्ष सिलवालले भवनको जगमा शिला राखेर शुभ साहितमा भवनको शिलान्यास गरे ।

उक्त शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ आफ्नो व्यस्थताको वावजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिनु भएकोमा बीमा समितिका अध्यक्षलाई संचालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि आज शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराउँदै यस सुखद समराहोमा उपस्थित भई हामीलाई हौसला प्रदान गरेकोमा समितिका अध्यक्ष सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल लगायतलाई धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री