आइतबार, ६ जेठ २०८१

भारत सरकारको सहयोगमा निर्मित सर्लाहीका दुई विद्यालय भवनको समुद्धघाटन

समयपोष्ट २०७८ मंसिर २३ गते १९:१२

Advertisement

भारत सरकारको अनुदान सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालय भवनको आज समुद्धघाटन गरिएको छ ।
भारत सरकारको आर्थिक सहयोग क्रमशः नेरु. ६९.४ लाख र नेरु. १ करोड ५९ लाख लागतमा निर्माण गरिएको जिल्लाका पिपरिया, कविलासी–२ स्थित बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंज,लालबन्दी–१ स्थित जनता माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरुको भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले बिहीबार एक कार्यक्रमकाबिच समुद्धघाटन गर्नुभयो ।

स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समितिका अधिकारी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयबासी उक्त उद्घाटन समारोहमा उपस्थिति थिए ।

बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६० मा र जनता माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको हो । यस क्षेत्रका यी दुवै विद्यालयहरुमा प्राथमिक शिक्षाको मात्र सुविधा थियो । नेत्रगंजस्थित जनता माध्यमिक विद्यालय व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ । साथै यो क्षेत्रमा घनाबस्ती भएकाले यस क्षेत्रका बालबालिकाको शैक्षिक आवश्यकताहरू पूरा गर्न हालका पूर्वाधार अपर्याप्त छन् । नयाँ विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ ।

Advertisement

भारत सरकार, नेपाल सरकार र जिल्ला समन्वय समिति सर्लाहीबीच भएको सम्झौता अनुरुप उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा यस विद्यालय भवनको निर्माण भएको हो । सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा हालसम्म ४६१ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

भारत र नेपालबीच मित्रता र सहकार्यको विशिष्ट सम्बन्ध रहेको छ । दुई देशबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी पनि रहेको छ । यस शैक्षिक पूर्वाधारको निर्माणले प्राथमिकता क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले निरन्तर सहयोग पुर्याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री