शुक्रबार, ४ जेठ २०८१

डुकुछापमा डिशहोमको स्याटालाइट टेलीपोर्ट

समयपोष्ट २०७८ मंसिर २१ गते १९:५६

Advertisement

डिटिएच सर्भिस दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटालाइट टेलीपोर्ट स्थापना गरेको छ ।

छ्यासीकोट स्थित टेलीपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि दोस्रो स्याटालाइट टेलीपोर्ट स्थापना गरेको हो ।

यससंगै कुनै प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा सेवा अवरुद्ध नहुने कम्पनीले जनाएको छ ।

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको स्याटालाइट टेलीपोर्टसम्म पु¥याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री