आइतबार, ६ जेठ २०८१

सिद्धार्थ बैंकले शुरु गर्यो ‘स्कोरकार्ड मोडल’

समयपोष्ट २०७७ मंसिर ३० गते १७:२८

Advertisement

सिद्धार्थ बैंक लिमिटेडले कर्जा स्विकृती प्रक्रिया ‘स्कोरकार्ड मोडल’ को शुरुवात गरेको छ । बैंकले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा उक्त माेडल शुरु गरेकाे हाे ।

साना तथा मझौला व्यवसायीलाई छोटो समयमै सरल तथा सहज रुपमा कर्जा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त मोडलको शुरुवात गरेको हो ।

स्कोरकार्ड मोडल अन्तर्गत बैंकले एक करोड रुपैयाँसम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ ।

यो स्कोरकार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।

Advertisement

यस व्यवस्था अन्तर्गत कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१(५९७००२० मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री