इन्टिमेट सिन दिएको भन्दै गाली गरेपछि आत्महत्या, श्रीमान पक्राउ
समयपोष्ट
२०७७ मंसिर ३० गते १४:१६
एक होटलको कोठामा मृत फेला परेकी दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका विजे चित्राका श्रीमान् पक्राउ परेका छन् ।
६ दिनको अनुसन्धानपछि प्रहरीले आत्महत्याका लागि उक्साएको आरोपमा चित्राका श्रीमान् हेमनाथलाई पक्राउ गरेको हो । चित्राकी आमाले उनकी छोरीको मृत्युका लागि उनका श्रीमान् जिम्मेवार भएको आरोप लगाएकी थिइन् ।
चित्राका श्रीमानले टिभी सिरियल र अन्य कार्यक्रममा इन्टिमेट सिन दिएको भन्दै श्रीमतीलाई गाली गरेका थिए ।
प्रतिक्रिया