आइतबार, ६ जेठ २०८१

कागवेनीमा प्रभु बैंकको २१२ औं शाखा सञ्चालनमा

समयपोष्ट २०७७ मंसिर २९ गते १७:३३

Advertisement

प्रभु बैंक लिमिटेडले मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ०४ स्थित कागवेनीमा २१२ औं शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाको मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले सोमबार उद्धघाटन गर्नुभएको छ ।

बैंकको कागवेनीमा शाखा कार्यालयको समुद्घाटन गाउँपालिका अध्यक्ष गुरुङले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना दिनुभयो ।

बैंकको कागवेनी शाखा कार्यालयबाट बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कागवेनी शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री