आइतबार, ६ जेठ २०८१

बैंक अफ काठमाण्डूको १ अर्ब ६० करोडको ऋणपत्र आजबाट बिक्री खुला

समयपोष्ट २०७७ मंसिर २४ गते ११:५२

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडले १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र आजबाट बिक्री खुला गरेको छ ।

बैंकले वार्षिक ८.५० प्रतिशत ब्याजदरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको १ अर्ब ६० करोड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । निष्काशन गरिने कुल ऋणपत्रमध्ये ९६ करोड रुपैयाँ बराबरको ९ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ६४ करोड रुपैयाँ बराबरको ६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Advertisement

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री