आइतबार, ६ जेठ २०८१

सानिमा बैंकले गर्यो औषधी उपचार बीमा भुक्तानी

समयपोष्ट २०७७ मंसिर २३ गते १७:०१

Advertisement

सानिमा बैंकले औषधी उपचार बीमा बापतको दाबी भुक्तानी गरेको छ ।

बैंकले आफ्ना बचतकर्ताहरुका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकर्ता यादव श्रेष्ठलाई औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको हो ।

बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी श्रेष्ठले ४७,२३०.०० को औषधी उपचार बीमा भुक्तानी पाएका छन् । बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वस्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक श्रेष्ठलाई हस्तान्तरण गरे ।

दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक रु. ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, रु. ५ हजार सम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहित रु.५० हजार सम्मको औषधी उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), रु.१० लाखको दुर्घटना बीमा र रु. ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् ।

Advertisement

श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । बैंककोसातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री