शुक्रबार, १४ वैशाख २०८१

शनिबारको बिदा : यसरी मनाउँदा काइदा

समयपोष्ट २०७४ पुष ८ गते ८:३७

समयपोस्ट
आज शनिबार । फुर्सदको दिन । बिदा कसरी मनाउने ? धेरै मानिसहरुलाई यही अन्यौल हुन्छ । महिला तथा गृहणी त घरमा नुहाउने र लुगा धुने काममै व्यस्त हुन्छन् । तर, सँधैको शनिबार लुगा धुने र नुहाउने काम नहुन पनि सक्छ । अहिलेको यो पुसको ठिहिर्याउने जाडोमा घरमै कक्रक्कीएर बस्नु पनि त भएन । यसो बाहिर निस्क्नुपर्यो, पारिलो घाममा सेकिनुपर्यो, कुनै चउरमा गएर बदाम र सुन्तला खानुपर्यो । भिटामीन डिको भरपुर श्रोत मानिने घाम पनि त ताप्नुपर्यो । कि कसो ? शनिबारको बिदा सदुयपोग गर्ने केही टिप्स यहाँ दिइएको छ :

Advertisement

घाम ताप्ने

शहरमा कोलाहल, धुलो र धुवाँ कतिसारो छ भने मानिसहरु बाहिर निस्कनै अत्यास मान्छन् । यस्तो बेलामा शहरमा घुमघाम गर्न पनि त्यही सहज छैन । त्यसैले घर आसपासकै कुनै चउरमा बसेर शनिबारको फुर्सद घाम तापेर पनि मनाउन सकिन्छ ।
भक्तपुर धुन्चेपाखाकी गृहणी पार्वती पौडेललाई पारिलो घाममा सुन्तलाका केस्रा चुस्दै बदाम खान औधी मनपर्छ । अझ बडेमाको पाकेको भोगटे होस् । उनी पुस माघको जाडोमा बिदाको सदुपयोग गर्दै भोगटे साँधेर खाने गर्छिन् ।

‘भोगटेमा सून्तला, रातो न रातो अकबरे खुर्सानी, चिनी, नुन र दही हालेर मोलेपछि खास्साको हुन्छ’, पार्वती भन्छिन् ’, ‘यसरी तयार भएको भोगटेमा मेथी फुराएको तेलले झान्नुपर्छ, अनि त यसको स्वादै खास्सा हुन्छ ।’

घाम ताप्ने क्रममा बदाम पनि खान सकिन्छ । टिमुर र हरियो खुर्सानी हालेर पिसेको नुनसँग बदाम खानुको मजै बेग्लैछ । पार्वतीकै छिमेकी गिता कँडेल पनि पुसको जाडोमा बदाम किनेर ल्याउँछिन् र चउरमा बसेर छोडाएर खान्छिन् । उनको विचारमा बदाममा प्रोटिनका साथै पर्याप्त मात्रामा दिमागलाई काम लाग्ने तत्वहरु पाइन्छन् ।
पारिलो घाम ताप्दा आफुलाई मनपर्ने गहकिला पुस्तक, उपन्यास या पत्रिका पढ्न सकिन्छ । वाइफाइ कनेक्सन छ भने त झन राम्रो । पारिलो घाम ताप्दै फेसबुक चलाए पनि भो, यटूबमा म्युजिक भिडियो या फिल्म हेरे पनि भो ।

कतिपयले बिदाको दिन घाम ताप्दाको समयको सदुपयोग पनि गर्ने गरेका छन् । महिलाले सुइटर या टोपी बुन्ने, तरकारी केलाउने या अन्य काम गर्ने गरेका छन् । लेखक या पत्रकार छन् भने घाम ताप्दै ल्यापटपमा कुनै लेख या किताब पनि लेख्ने गरेका छन् । घाम तापेर लेखपढ गर्नुको पनि मजा बेग्लै हुन्छ ।

हाइकीङ जाने
अहिलेको मौसम कस्तो हो भने हिमाल छर्लंगै देखिन्छ । सोही कारण कतिपय मानिस यहीबेला आसपासका पहाड उक्लीएर हाइकीङ जाने गर्छन् । राजधानीबासीका लागि हाइकीङ सहज छ । चन्द्रागिरी डाँडो उक्लीए पनि भो, चम्पादेबी हाइट चढे पनि भो । उता उत्तरतिर ककनी लागे पनि भो, शिवपुरीको जँगल छिचोले पनि भो । फुलचोकीमा हिउँ परेको छ भने त झन काइदा ।

काठमाडौं आसपासका हाइकीङ रुटहरु धेरै रमाइला छन् । चम्पादेबी डाँडाको टुप्पोमा एकै दिनमा पुग्न सकिन्छ । डाँडाको टुप्पोमा पुगेर यसो उत्तरतिर नियाल्दा उत्तरमा जुगल हिमाल र गणेश हिमाल टलक्क टल्कीएको हामी देख्नसक्छौं । लहरै हिम श्रृंखलाको दृश्य हेर्न चन्द्रागिरीको उकालो चढ्न पनि सकिन्छ । अचेल ति डाँडाहरुमा सेल्फी खिच्नेहरुको ताँती लाग्छ । यसरी हाइकीङ जान रुचाउने पात्रहरुमध्ये एक हुन, साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ । हालै आफ्नो गीत सँग्रह ‘अमर–२’ बजारमा ल्याएका अमर भन्छन्, ‘म त चान्स पायो कि साथीहरुसँग मिलेर हाइकीङ गर्दै चित्लाङतीर हान्नीन्छु ।’

चित्लाङमा चित्ताकर्षक छ । त्यहाँ देवेन्द्र नेपालको चित्लाङ अग्र्यानिक भिलेज रिसोर्टमा गएर एक रात बस्न र रमाउन सकिन्छ । अचेलको तन्नेरी पुस्ता त्यहाँ शुक्रबार गएर शनिबार फर्कने गरेका छन् । होली डे हाइकीङका पारखीहरुको एउटा सुन्दर गल्तब्य चित्लाङलाई अचेल चन्द्रागिरी केवल कारले समेत धेरै सघाएको छ । केवलरकारमा माथिसम्म पुगेर चित्लाङतिर र नियाल्दा जसलाई पनि घुम्न मन लागिहाल्छ ।
यसैगरी हाइकीङ जानेहरुले लाकुँरी भन्ज्याङ र भक्तपुरका बल्थलीतिरका एरीया पनि छिचोल्नसक्छन् । बल्थलीमा होमस्टेको ब्यवस्था छ । साँखु हुँदै नगरकोट निस्कने अर्को रमणीय रुट पनि छ । कम्तीमा दुइ हजार रुपैयाँ खर्चमा एक नाइट बिताउने खालको हाइकीङ गर्न सकिन्छ ।

फिल्म हेर्ने
बिदाको दिन सदुपयोग गर्ने अर्को उपाय हो, फिल्म हेर्ने । अचेल हरेक शुक्रबार नयाँ नेपाली चलचित्र रिलिज भइरहेका हुन्छन् । हिन्दी चलचित्रहरु पनि आइरहेकै हुन्छन् । चलचित्र मनोरँजनको एक राम्रो आयाम हो । यसले साताभरीको तनावबाट पनि मुक्ती दिन्छ । मनोबिनोदले मनमा नयाँ उर्जा दिन्छ । आफुलाई मनपर्ने कलाकारको फिल्म हेर्ने, घुम्ने, मनपरेका कपडा किन्ने गरेर पनि बिदाको सदुपयोग गर्न सकिन्छ । अहिले हलमा सलमान खानको ‘टाइगर जिन्दा है’ चलिरहेको छ । नेपाली चलचित्रहरुको त कुनै कमी छैन ।

डेटीङ जाने
यदि कोही प्रेम सम्बन्धमा छ भने डेटीङ जानका लागि शनिबार उपयुक्त छ । अरु दिन बरु पढाइमै ध्यान केन्द्रीत गर्ने, मेहनत गर्ने र शनिबार प्रियसीलाई लिएर कतै घुम्न निस्कने । शनिबार आफ्नो साथीलाई कुनै निश्चीत ठाउँमा बोलाएर जिवन र भविश्यका बारेमा गहन छलफल गर्ने । वासनारहित प्रेमको माहौल बनाउने ।
काठमाडौंमा मात्र हैन, मुलुकका कुनै पनि ठाउँमा युगल जोडीले मजाले डेटीङ गर्ने ठाउँ छैन । काठमाडौंका पुर्व मेयर केशव स्थापितले नागार्जुन डाँडोमा लभर्स पार्क बनाउने घोषणा गरेका थिए । तर, उनको सपना त्यत्तिकै रहयो । इटहरीका एक उम्मेदवारले त आकाशे पुललाई नै डेटीङ स्पट बनाउने घोषणा गरेका थिए ।

क्याबीन रेस्टुराँ, एकान्त चौर र जँगलहरुतिर डेटीङ जान भने युगल जोडीले छाडेका छैनन् । अतः नेपालमा एउटा राम्रो डेटीङ पार्क स्थापना हुनुपर्छ । यस्तो डेटीङ पार्क होस्, जसमा युवक र युवती अँकमाल गरेर किस खाँदै वार्तालाप गर्न पाउन् । त्यो प्रेमको पार्क होस् । त्यो पार्कमा प्रेमीहरुका लागि मात्र अनुमती होस् । यस्तो भयो भने युवक युवतिले प्रेमको पाठ पढनसक्छन् र जिवनमा उनीहरुका इच्छा दमीत हुँदैनन् । अन्ततः केटीलाई छुने, अँकमाल गर्ने र म्वाइ खाने कुरा उनीहरुका लागि सामान्य हुन जान्छ । अनि पो उनीहरुले त्यसबाहेकका अन्य रचनात्मक कुरामा ध्यान लगाउन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री