शुक्रबार, १६ चैत २०८०

सूचना प्रविधिलाई देशव्यापी बनाउनुपर्नेमा जोड

समयपोष्ट २०७४ पुष ७ गते १६:१२

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)को २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले सूचना प्रविधिलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन् ।

Advertisement

कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले विज्ञान र प्रविधिको विकासबाट मात्रै देशमा परिवर्तन गर्न सकिने बताए । नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालले सूचना तथा सञ्चारको विकासमा आइसिटी अभियानको महत्वपूर्ण भूमिका रहेको बताउँदै यसको अनुसन्धान र विकासमा जोड दिनुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रकाश ढकालले उद्योग व्यवसायी कम्प्युटर एसोसिएसनसँग सहकार्य गर्न तयार रहेको बताए ।

प्रमाणीकरण नियन्त्रण कार्यालयका प्रमाणीकरण नियन्त्रक दीपक श्रेष्ठ, कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष विनोद ढकाल, संस्थापक अध्यक्ष विमलकुमार शर्मा लगायतका वक्ताले सूचना प्रविधिको विविध क्षेत्रमा प्रकाश पारे ।

सो अवसरमा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्रकुमार मिश्रलाई सम्मान गरिएको थियो ।

सन् १९९२ मा स्थापना भएको क्यानले सन् १९९५ देखि क्यान इन्फोटेक मेला आयोजना गर्दै आएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री