शुक्रबार, १६ चैत २०८०

कांग्रेस नेताहरुसंगको भेटवार्तामा राष्ट्रपति भण्डारीले भनिन् ?

समयपोष्ट २०७४ पुष ७ गते १४:१५

राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशबारे राजनीतिक दलका नेताहरुसँग छलफल प्रारम्भ गरेकी छन् ।

Advertisement

सोही क्रममा आज राष्ट्रपति भण्डारीेले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेकी छन् ।

शुक्रबार साँझ करिब आधाघण्टा भएको छलफलमा कांग्रेस नेताहरुले राष्ट्रियसभा विद्येयक तत्काल पास गर्न राष्ट्रपति भण्डारीसँग आग्रह गरेका थिए ।

छलफलको क्रममा राष्ट्रपति भण्डारीले नेताहरुसमक्ष दलीय सहमति जुटाएर तत्काल राष्ट्रियसभा विद्येयक पास गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको कुरा राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।

भेटवार्तामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्ण सिटौला, विमलेन्द्र निधि लगायत सहभागी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री