मंगलबार, ४ वैशाख २०८१

ट्वीटर विवादपछि पहिलो पटक बेलायत जाँदै ट्रम्प,बिवादको कारण हेर्नुहोस्

समयपोष्ट २०७४ पुष ५ गते १६:३५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत जाने भएका छन् ।

Advertisement

अमेरिकाको राष्ट्रपति कार्यालयका प्रवक्ता सराह सनडरस् बेलायतका प्रधानमन्त्री थेरेसा मेको निमन्त्रणालाई ट्रम्पले स्वीकार गरेको मङ्गलबार बताएका छन् ।

ट्वीटरको विषयमा यी दुई नेताबीच भएको विवादपछि पहिलो पटक मङ्गलबार बिहान यी दुई नेताबीच वार्ता भएको पनि ह्वाइट हाउसले जानकारी दिएको छ ।

उनीहरूले एक आपसमा क्रिसमस र नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै मध्यपूर्वमा शान्ति स्थापनाका लागि आगामी दिनमा चाल्ने कदमका बारेमा पनि छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ ।

पछिल्लो समयमा अमेरिकी राष्ट्रपति ट्रम्पले पटक–पटक बेलायतका अति अधिकारवादीहरूको भिडियोहरू ट्वीट गरेपछि उनीहरूबीच अहिले “विषेश सम्बन्ध” रहेको बताइएको छ ।

ह्वाइट हाउसका प्रवक्ताले भ्रमणका लागि मेले दिएको निमन्त्रणालाई “स्वभाविक र अपेक्षित”भनेका छन ।

यस भ्रमणका क्रममा ह्वाइट हाउसले घोषणा गर्ने अपेक्षा गरिएका विषयलाई अन्तिम रूप दिने काम अहिले भइरहेको पनि जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री