मंगलबार, ११ वैशाख २०८१

आइएमई लाइफले कहिले गर्दैछ साधारण सेयर निश्कासन ?

समयपोष्ट २०७४ पुष ५ गते ७:३१

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले  साधारण  सेयर जारी गर्ने भएको छ । कम्पनीले  संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी  साधारण  सेयर जारी गर्ने भएको हो ।

Advertisement

जस अनुसार कम्पनीले ३० प्रतिशत अर्थात्  ६० करोड साधारण शेयर निष्कासन गर्नेछ । कम्पनीले पुस २६ गते साधारण सेयर जारी गर्ने प्रस्ताव सहित पहिलो बार्षिक साधारण सभा  डाकेको छ । साधारण सभाले संचालक समितिको निर्वाचन र लेखापरीक्षक नियुक्त समेत गर्नेछ ।

१ अर्ब ४० करोड चुक्तापुँजी र ३ अर्ब अधिकृत पुँजी सहित कम्पनीले गत असार २० गते बीमा समितिबाट अनुमति पाएको थियो । कम्पनी गत भदौ १ गतेदेखि सञ्चालनमा आएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री