शुक्रबार, १४ वैशाख २०८१

आज नेप्सेमा दुई कम्पनीको सेयरमुल्य समायोजन, हेर्नुहोस् कुन कम्पनीको कति ?

समयपोष्ट २०७४ पुष ४ गते ८:३२

मंगलबार नेप्सेमा दुई ओटा कम्पनीको सेयरमुल्य समायोजन भएको छ ।  आज सेन्ट्रल फाइनान्सको ५० प्रतिशत हकप्रद र मितेरी डेभलपमेन्ट बैंकको ३१.४८ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो ।

Advertisement

नेप्सेले सेन्ट्रलको ५० प्रतिशत हकप्रदलाई समायोजन गरि प्रतिकित्ता सेयरमूल्य १४८ रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार फाइनान्सको सेयर कारोबार मंगलबार खुलेको छ । कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधार मूल्य भने १७१ रुपैयाँँ कायम भएको छ ।

सेन्ट्रलले २६ लाख ३ हजार ३१४ दशमलव ७५ कित्ता हकप्रदमा एनआइबिएल क्यापिटल मार्केट मार्फत निष्काशन गर्न लागेको छ ।

त्यस्तै नेप्सेले मितेरीको बोनसपछि समायोजित सेयरमूल्य प्रतिकित्ता ३७३ रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार बैंकको सेयर कारोबार खुलेको छ । बैंकको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधार मूल्य भने ५२७ रुपैयाँँ कायम भएको छ ।

मंगलबारनै यि दुबै कम्पनीले सेयरधनी पुस्तिका समेत बन्द गरेका छन् । जसअनुसार पुस ३ गतेसम्म कायम रहेका सेयरधनीले क्रमश यि दुर्इ कम्पनीका हकप्रद तथा बोनस पाउनेछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री