बिहीबार, १५ चैत २०८०

प्राइम बैंकको २७ प्रतिशत बोनस पाउने आज अन्तिम दिन

समयपोष्ट २०७४ पुष ४ गते ३:५६

प्राइम कमर्सियल बैंकले प्रस्ताव गरेको २७ प्रतिशत बोनस पाउने आज अन्तिम दिन हो ।

Advertisement

बैकले साधारणसभा प्रयोजनका लागि पुस ५ गतेदेखि २५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

बैंकले पुस २५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुंडिखेलमा १० औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभाले २७ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँको २७ प्रतिशतले हुने १ अर्ब ७० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस बितरणको प्रस्ताव गरेको हो । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री