बिहीबार, १३ वैशाख २०८१

सनराइजको दशौं वार्षिक साधारण सभाले पारित गर्यो १५ प्रतिशत बोनस

समयपोष्ट २०७४ पुष ३ गते १४:५९

सनराइज बैंकको  दशौं वार्षिक साधारण सभाले १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Advertisement

सोमबार सम्पन्न साधारण सभाले हकप्रद सेयरले समेत पाउने गरि १५ प्रतिशतका दरले एक अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपैयाँको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले निर्वाचन सम्पन्न नभए सम्मका लागि संस्थापक शेयरधनी समुह “क” को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुलाई संचालक समितिमा निरन्तरता दिने प्रस्ताव समेत सर्वसम्मत रुपले पारित गरेको छ ।

त्यस्तै बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडको २०७४ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७३/७४ को नाफा–नोक्सान हिसाव र नगद प्रवाह सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

सनराइजको हाल शाखाहरुको संख्या ७० र ए.टि.एम.को संख्या ८७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २९ शाखाहरु र उपत्यका बाहिर ४१ शाखाहरु रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री