शनिबार, १५ वैशाख २०८१

‘डीभी परेर अमेरिका आउने रद्दीको टोकरीबाट निकालिएका खराबभन्दा खराब मानिसहरु हुन् ‘

समयपोष्ट २०७४ पुष ३ गते ६:१९

चिठा पारेर संसारबाट मानिसहरु अमेरिका भित्र्याउने सिस्टमको विरोध गर्दै  आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको बताएका छन् । उनले भने,‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ? होइन, उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’

Advertisement

अमेरिकाको  एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको बताए । उनले भने, ‘यो कस्तो खालको सिस्टम हो ? उनीहरु चिठ्ठा पारेर हाम्रो देशमा आउँछन् । उनीहरुले खराबभन्दा खराब मानिसहरु दिएका छन् ।’

पछिल्लो समय न्यूयोर्कमा आतंकवादी आक्रमणमा संलग्न मानिस डीभी परेर अमेरिकामा भित्रिएका मानिस भएको खुलेको थियो । त्यसयता ट्रम्पले यसलाई तत्कालै बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री