बिहीबार, १३ वैशाख २०८१

आजबाट विद्युत कम्पनीको आइपीओ बिक्री खुल्यो, यी ठाउँबाट गर्नुहोस् आवेदन

समयपोष्ट २०७४ पुष ३ गते ४:३५

राधी विद्युत कम्पनी लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आइपीओ) को बिक्री खुला गरेको छ ।

Advertisement

कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको आइपीओमा यही पुष ३ गतेदेखी छिटोमा पुस ६ गते र ढिलोमा पुष १७ गते सम्म आवेदन गर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि अधिकतम ३,८०० कित्ता अर्थात ३ लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिगं लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री