शुक्रबार, १६ चैत २०८०

प्रचण्ड र ओलीको साझा अभिव्यक्ति–‘प्रधानमन्त्री र अध्यक्षको लोभ छैन’

समयपोष्ट २०७४ पुष २ गते ११:४५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु दुवैलाई अध्यक्ष र प्रधानमन्त्रीको लोभ नभएको बताएका छन् ।

Advertisement

आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले साझा अभिब्यक्ति दिएका हुन् ।

‘मलाई अध्यक्ष चाहिने भए म पनि अध्यक्ष छु । प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्छ’, ओलीले भने, ‘हाम्रो ध्यान अध्यक्षतिर भन्दा पनि देशले भोगिरहेको समस्या र समाधानतिर छ । जनताको इच्छा आकांक्षा पूरा गर्नेतिर छौं ।’

अध्यक्ष ठूलो कुरा नभएको दाबी गर्दै ओलीले भने, ‘नेतृत्वको विषयमा छलफल गरेर निर्णय गरेका बखतमा तपाईहरुलाई जानकारी दिन्छौं । समयभन्दा अगाडि एकताको सन्र्दभमा केही भनेका छैनौँ ।’
प्रचण्डले ओलीको भनाईमा आफ्नो समर्थन रहेको बताए । ‘केपीजीले सवै कुरा बताउनु भएको छ । ती सवै कुरामा मेरो सहमति छ, दोहोर्याउन परेन ।’

उनले अध्यक्षको मात्रै नभई प्रधानमन्त्री को बन्ने भन्नेमा समेत प्रश्न आएको भन्दै आफूहरुलाई पदको लोभ नभएको बताए ।

प्रचण्डले भने, ‘ प्रश्न सोद्धा प्रधानमन्त्रीको कुरा पनि थियो । प्रधानमन्त्री त हामी भै नै सकेका छौँ । म त्यो कुरा दोहोराउन चाहन्छु । हामीलाई त्यसको लोभ छैन । फेरि हामी सजिलै प्रधानमन्त्री छाडेका मानिस पनि हौँ । हाम्रो चिन्ता र चासो राजनीति स्थायीत्व, सुशासन र विकाम निर्माण र मृद्धि हो । त्यो कसरी गर्ने भन्ने हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री