शुक्रबार, १६ चैत २०८०

५२.४ मेगावाट लिखु–४ जलविद्युत् आयोजनामा ७ बैंकले ७ अर्ब ६२ करोड लगानी गर्ने

समयपोष्ट २०७४ पुष २ गते ९:२४

रामेछाप र ओखलढुङ्गा जिल्लामा रहेको ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनामा सात वाणिज्य बैंकले लगानी गर्ने भएका छन् ।  बैंकले ७ अर्ब ६२ करोड ऋण लगानी गर्ने भएका हुन् ।

Advertisement

लगानी सम्झौतामा कम्पनीका अध्यक्ष सुभाषचन्द्र सङ्घई र सातओटै बैङ्कका प्रतिनिधिबाट संयुक्त हस्ताक्षर भएको छ ।

कुल लागत १० अर्ब १६ करोड रहेको आयोजनामा नविलको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपूँजी रहेको छ । उक्त आयोजनामा नबिल बैंकले १ अर्ब ४२ करोड, लक्ष्मी बैंकले १ अर्ब २५ करोड, ग्लोबल आईएमई बैंकले १ अर्ब २५ करोड, एसबीआई बैंक र सनराइज बैंकले १/१ अर्ब र प्रभु तथा सानिमा बैंकले ८५/८५ करोड लगानी गर्ने भएका छन् ।

त्रिवेणी ग्रुप र विशाल ग्रुपको संयुक्त लगानी रहेको आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०७३ असारमा विद्युत् खरीद सम्झौता (पीपीए) गरिसकेको छ ।

आयोजनाले २०७७ असोज ३० गतेबाट व्यापारिक उत्पादन (आरसीओडी) शुरू गर्नुपर्नेछ । आयोजनाबाट उत्पादित विद्युत् २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको नयाँ खिम्ती सब-स्टेशनमा जोडिनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री