शुक्रबार, १४ वैशाख २०८१

सुवास नेम्वाङले देउवालाई लगाए यस्तो आरोप

समयपोष्ट २०७४ पुष २ गते ५:३६

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सरकारले ताजा जनादेशलाई रोक्ने दुष्प्रयास गरेको आरोप लगाएका छन् ।

Advertisement

आइतबार झापाको दमकमा पत्रकारहरुसँग नेता नेम्वाङले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका नाममा बखेडा झिकेर जनादेश प्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खाजेको बताए ।

नयाँ सरकारका लागि तत्काल बाटो खोलिदिन समेत नेम्वाङले प्रधानमन्त्री शेरवहादुर देउवासमक्ष आग्रह गरे । संविधानमा व्यवस्था नभएको निर्वाचन प्रणाली जबरजस्ती लाद्न खोजेको नेम्वाङ्गको आरोप छ ।

एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया नियमित रहेकाले पार्टी एकतामा कुनै शंका नगर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री