बिहीबार, १३ वैशाख २०८१

मञ्चमा भक्कानिए एक्ला सांसद: अध्यक्षलाई दिए यस्तो संज्ञा

समयपोष्ट २०७४ पुष २ गते १:३२

झापा – क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् ।

Advertisement

उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे ।

सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका थिए ।

उनी भावुक बनेपछि हलमा उपस्थित धेरै नेता तथा कार्यकर्ताले पनि आँसु थाम्न सकेकनन् । अवरुद्ध गलामा बोलेका उनले कमल थापालाई देशले बुझ्न नसकेको नेताको संज्ञा दिए ।

अध्यक्ष थापालाई लिङदेनले वर्तमान युगको भीमसेन थापाको संज्ञा दिए । उनले भने, ‘म आभार व्यक्त गर्न चाहन्छु, जसले आफू हार्न तयार रहेर पनि मेरो जितलाई सुनिश्चित गराउनुभयो ।’आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री