शनिबार, १५ वैशाख २०८१

हिमालयन जनरल इन्स्योरेन्सको बुक क्लोज मिती तय

समयपोष्ट २०७४ मंसिर २९ गते ८:४५

हिमालयन जनरल इन्स्योरेन्सले बुक क्लोज मिती तय गरेको छ । इन्स्योरेन्सले नगद लाभांश वितरण गर्न पुस १४ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको हाे । कम्पनीले पुस ३० गते  बार्षिक साधारण सभा डाकेकाे छ ।

Advertisement

पछिल्लो व्यवस्था अनुसार कम्पनीहरुले प्रस्ताव गरेको लाभांस सेयरधनी पुस्तिका बन्द हुने मितिसम्म कायम सेयर धनीले पाउनेहुनाले हकप्रदलाई हिसाब गर्दा सेयरधनीले १५ प्रतिशत नभई ५.६६४ प्रतिशत मात्र नगद लाभांश पाउनेछन् ।

कम्पनीले गत असारमा कायम चुक्ता पूँजी ३८ करोड ५२ लाख रुपैयाँको १५ प्रतिशत (५ करोड ७७ लाख ८० हजार रुपैयाँ) नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। तर उसले भदौ ९ गतेसम्म १६६.६७ प्रतिशत हकप्रद निष्काशन गरी चुक्ता पूँजी एक अर्ब दुई करोड ४७ हजार रुपैयाँ पुर्याएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री