बिहीबार, १५ चैत २०८०

समानुपातिक मतगणनाः ७३ जिल्लाको सकियो अब कति बाँकी ?

समयपोष्ट २०७४ मंसिर २९ गते ७:५१

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना  सकिएको छ । आयोगका अनुसार, ८८ लाख ३५ हजार ८ सय ६८ मतको गणना सकिएको छ ।

Advertisement

मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नम्बर २ र ३, सर्लाहीको क्षेत्र नम्बर २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नम्बर १ रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, हालसम्म एमाले ३० लाख ४ हजार ७२२ मतसहित पहिलो स्थानमा छ । यस्तै, नेपाली कांग्रेसले २९ लाख ३१ हजार ६९२ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको १२ लाख ५ हजार २९१ मत छ । संघीय समाजवादी फोरमले ४ लाख २५ हजार ५८८ मत पाएको छ । राजपाले ३ लाख ९७ हजार ८३ मत पाएको छ ।  विवेकशील साझा पार्टीले २ लाख मत पाएको छ  भने राप्रपाले १ लाख ८९ हजार ५०० मत पाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री