शुक्रबार, १४ वैशाख २०८१

यस्तो गाउँ जहाँ चराहरु हरेक बर्ष सामुहिक आत्महत्या गर्न पुग्छन्

समयपोष्ट २०७४ मंसिर २९ गते ६:३०

भारतको असाम राज्यको उत्तरी काछारा पहाडी क्षेत्रस्थित जतिंगा गाउँ चराले आत्महत्या गर्ने गाउँको रुपमा परिचित बनेको छ । जुन विश्वभरका चरा वैज्ञानिकहरुका लागि समेत रहस्यको केन्द्र बनेको छ । सुन्दर उपत्यका  र रंगीचंगी बगैंचाहरुका लागि प्रसिद्ध उक्त गाउँमा  बर्सेनि ठूलो संख्यामा चराहरु आत्महत्या गर्न जाने बताईएको छ । जहाँ सबैखाले प्रजाति तथा प्रकारका चराहरुले  सामूहिक आत्महत्या गर्दछन् ।

Advertisement

विशेषगरी मनसूनको अवधिका महिनाहरुमा त्यहाँ चराले आत्महत्या गरेको देख्न पाइन्छ । औँशीको रातमा चराहरुले बढी मात्रामा आत्महत्या गर्दछन् । रातको ७ देखि १० बजेसम्म चराको आत्महत्याको दर बढ्ने बताइन्छ ।

यहाँ चराहरुले किन आत्महत्या गर्छन् भन्ने अझैसम्म रहस्यको विषय बनेको छ । मनसूनको अवधिमा उक्त उपत्यकामा उच्च गतिमा बतास चल्ने भएकाले चराहरु रातको समयमा अत्यधिक वेगको हावाका कारण रुख तथा पर्खालहरुमा ठोक्किएर मर्ने र भुइँमा झर्ने गरेको हुनसक्ने कतिपयको अनुमान छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री